काठमाण्डौको कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोट, १४ जना घाइते

काठमाण्डौ । काठमाण्डौको कमलपोखरीमा रहेको एउटा मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेतिर भएको विस्फोटमा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको र ११ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उनीहरुको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक, एसएसपी शेखर खनालले बताउनुभयो ।

कमलपोखरीको सानदार मःम पसलमा ग्यास विस्फोट हुँदा त्यहाँका कामदार घाइते भएका हुन् । ग्यास विस्फोटका कारण भुइँतलाको भवनमा समेत क्षति भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search