काठमाण्डौ । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । साथै, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।











