कुलुङ बहुमुखी क्याम्पसको शैक्षिक व्यवस्थापनको लागि महायज्ञ सञ्चालन हुने

भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं. १ मा रहेको कुलुङ बहुमुखी क्याम्पसमा क्याम्पसको शैक्षिक व्यवस्थापनका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ । यूवा पण्डित रमेश कोइरलाको प्रमुख वाचन तथा बासुदेव खनालको उपवाचननमा फाल्गुन २१ देखि २७ गतेसम्म क्याम्पसको प्रांगणमा महायज्ञ सञ्चालन हुने भएको हो ।

फाल्गुन २१ गते कलश यात्रा तथा कार्यक्रम उत्घाटन साथै प्रबचन रहने छ । यसैगरि फाल्गुन २२ गते कथा प्रवचन तथा दाता सम्मान गरिने छ भने २३ गते बहरा भगवान लिला गरिने छ । यस्तै २४ गते कृष्ण चरित्र लिला हुनेछ । फाल्गुन २५ गते प्रवचन साथै मखन चोरी लिला गरिनेछ । यस्तै फाल्गुन २६ गते रुवीमणी विवाह लिला साथै सुदामा चरित्र तथा साँझमा लक्ष्य वर्तिकासंगै जागरण रहनेछ । फाल्गुन २७ गते तिल चढाउने प्रशाद वितरण तथा पुर्णाहुती रहने आयोजकले जनाएको छ ।

आयोजकले पाँच सय रुपैयाँ देखि ५ लाख रुपैयाँ भन्दा बढी दान गर्ने दाताहरुलाई १० शिर्षकमा छुट्याएर रकम अनुसारको सम्मान गर्ने भएको छ । ५ सय देखि ९ सय ९९ सम्म दान गर्ने दाताहरुको नाम माइकद्धारा वाचन गरि अवीर लगाएर सम्मान गर्नेछ । यसै गरि १ हजार देखि २ हजार ४ सय ९९ माथि दान गर्ने दाताहरुलाई अवीर लगाई प्रमाण पत्रले सम्मान गरिने छ । २ हजार ५ सय देखि माथि ४ हजार ९ सय ९९ माथि दान गर्ने दाताहरुलाई राधेराधे अर्थात रामनामि ओढाएर सम्मान पत्रले सम्मान गरिने छ भने ५ हजार देखि ९ हजार ९ सय ९९ सम्म दान गर्ने दाताहरुलाई अवीर लगाई फ्रेम सहितको प्रमाण पत्र तथा दोसल्लाद्धारा सम्मान गरिनेछ ।

यसै गरि १० हजार देखि माथि १९ हजार ९ सय ९९ सम्म दान गर्ने दाताहरुलाई अवीर लगाएर फ्रेम सहितको प्रमाण पत्र तथा दोसल्लाद्धारा सम्मान गरि क्याम्पसमा अभिलेख राखिनेछ । यस्तै २० हजार देखि माथि ४९ हजार ९ सय ९९ सम्म दान गर्ने दाताहरुलाई अवीर लगाएर फ्रेम सहितको प्रमाण पत्र तथा दोसल्लाद्धारा सम्मान गरि भजनमा मण्डप परिक्रमा गराई ताम्रापत्रमा नाम लेखिनेछ ।

५० हजार देखि ९९ हजार ९ सय ९ सम्म दान गर्ने दाताहरुलाई अतिरिक्त सम्मान तथा पञ्चेबाजासहित मण्डप परिक्रमा गराई दाताको फोटो क्याम्पसमा राखिनेछ । त्यस्तै १ लाख देखि १ लाख ९९ हजार ९ सय ९९ सम्म दान गर्ने दाताहरुलाई अतिरिक्त सम्मान सहित दाताको परिवारको फोटो राखिने छ । भने २ लाख देखि माथि ४ लाख ९९ हजार ९ सय ९९ सम्म दान गर्ने दाताहरुलाई अतिरिक्त सम्मानसहित चाँदीको करुवाद्धारा सम्मान गरिनेछ । ५ लाख देखि माथि दान गर्ने दाताहरुलाई अतिरिक्त सम्मानसहित क्याम्पस हाता भित्र दाताको अर्धकदको सालिक राखिने आयोजकले जानकारी दिएको छ ।

आयोजकको अनुसार स्वइच्छाले तुलादान ,जग्गादान गर्न सकिनेछ साथै जिन्सि सामान दाल, चामल, धान सागसब्जी दान गर्न सक्ने र सोको अभिलेख राखिने छ । दाताहरुलाई आयोजकले सहयोगका लागि अनुरोध गरेको छ । महायज्ञमा दैनिक विहान ८ बजे देखि १० बजेसम्म पाठ परायण, ११ बजे देखि ४ बजेसम्म कथा वाचन र बेलुका महात्म्य कथा, भजन कृतन साथै लिला झाँकी प्रर्दशन हुनेछ ।

कार्यक्रमको सातै दिन हेर्ने चित्र फेसबुक पेजबाट लाइभ हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search