सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सयले बढेर तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search