कुलुङ बहुमुखी क्याम्पसको शैक्षिक व्यवस्थापनका लागि सप्ताह महायज्ञ सुरु

भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं. १ मा बुधबार देखि सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । कुलुङ बहुमुखी क्याम्पसको शैक्षिक व्यवस्थापनका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो । यूवा पण्डित रमेश कोइरलाको प्रमुख वाचन तथा बासुदेव खनालको उपवाचननमा सुरु भएको महायज्ञ फागुन २७ गतेसम्म क्याम्पसको प्रांगणमा सञ्चालन हुनेछ ।

बुधबार कलश यात्रासंगै कार्यक्रमको औपचारिक उत्घाटन भएको छ । उद्घाटन कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु, विद्यार्थी, अविभावक, भक्तजनहरु, समाजसेवी, बुद्धीजीवीहरु, राजनितिकर्मीहरु र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस्तै क्याम्पसलाई योगदान गर्नेहरु, जग्गा दाताहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रम सफल बनाउन विभिन्न उपसमितिहरु निर्माण गरिएका छन् ।

विसुद्ध क्याम्पसको शैक्षिक गुणस्तर तथा व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा सकेको सहयोग गर्न पंडित रमेश कोइरालाले आग्रह गर्नु भएको छ । यसअघि वहाँकै प्रमुख वाचकत्वमा संखुवासभाको मकालु र खाँदबारीका विद्यालयहरुमा महायज्ञ सञ्चालन गरिएको थियो ।

आयोजकले दाताहरुलाई विभिन्न शिर्षकमा सम्मान गर्ने जनाएको छ । महायज्ञमा दैनिक विहान ८ बजे देखि १० बजेसम्म पाठ परायण, ११ बजे देखि ४ बजेसम्म कथा वाचन र बेलुका महात्म्य कथा, भजन कृतन साथै लिला झाँकी प्रर्दशन हुनेछ ।

कार्यक्रमको हेर्ने चित्र फेसबुक पेजबाट लाइभ प्रशारण हुँदै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search