संखुवासभाको मकालु गाउँपालिकामा क्षयरोगका ६ जना नयाँ बिरामी पत्ता लागेका छन् । फागुन २४ देखि २७ गतेसम्म सञ्चालन गरिएको क्षयरोग परिक्षणका क्रममा नयाँ बिरामी पत्ता लागेको हो । एक्स रे मेसिनद्घारा क्षयरोगको पहिचानका लािग दुई स्थानमा ४ दिवसीय शिबिर सञ्चालन गरिएको थियो । पावाखोला सामुदायिक स्वास्थ्य इकाई मकालु ४ र मकालु स्वास्थ्य चौकि मकालु २ साथै मकालु गाउँपालिकाको संयुक्त आयोजना र स्वास्थ्य निर्देशनालय कोशी प्रदेश, धनकुटाको प्राविधिक सहयोगमा क्षयरोग पहिचानका लागि शिविर सञ्चालन गरिएको हो । शिविरमा मकालु गाउँपालिका वडा नं. २ का ४ सय २२ जना र मकालु ४ का ३ सय जनाकोे सहभागीता रहेको थियो ।
वडा नं. २ सेदुवामा ४ सय ७ जनाको टिबी परिक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको हो यस्तै मकालु ४ मा २ सय ९१ जनाको परिक्षण गरिएकोमा ३ जनालाई संक्रमण रहेको क्षयरोग मुक्त कार्यक्रम संयोजक राजु शाहले जानकारी दिनु भयो ।
क्षयरोग मुक्त अभियान अन्र्तगत लुकेर रहेका क्षयरोगीहरुको पहिचान एक्स रे द्घारा गरिएकोे हो । शिविर फाल्गुन २४ र २५ गते पावाखोला स्वास्थ्य चौकि मकालु वडा नं. ४ र फाल्गुन २६ र २७ गते मकालु स्वास्थ्य चौकि मकालु वडा नं. २ मा भएको थियो ।