यौन व्यवसाय खुला गर्नुपर्ने कांग्रेस सांसद घिमिरेको प्रस्तावको संसदमै विरोध

काठमाण्डौ । यौन व्यवसाय खुला गर्नुपर्ने नेपाली कांग्रेसका सांसदको प्रस्तावको संसदमै विरोध भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताउनुभएको थियो । तर प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले यो प्रस्ताव आपत्तिजनक रहेको बताउनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले पनि यस्तो प्रस्ताव आउनु गलत रहेको बताउनुभयो ।

कांग्रेस सांसद घिमिरेले धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने आग्रह गर्नुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search