रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरको छहरेछाप सामुदायिक वन र त्यही ठाउँको लालीगुँरास सामुदायिक वनमा आगो लगाउने दाजुुभाइ पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा टोकरपुरकै ५० वर्षीय पदमबहादुर विक र उनका भाइ ४५ वर्षीय चन्द्रबहादुर रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनीहरूले गएको शुक्रवार दुुई वटा सामुदायिक वनमा आगो लगाएका थिए । तीन दिनसम्म निरन्तर लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयकासूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । चैत महिना लाग्नासाथ रामेछापका सामुदायिक वनहरूमा आगलागीका घटना बढेका छन् ।