शेयर बजार ९।६६ अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाण्डौ । हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ६६ अङ्कले बढेर २ हजार ६ सय ७६ दशमलव २८ विन्दुमा पुगेको छ ।

आज बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ । आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सिन्धु विकास बैंकको शेयर भने सबैभन्दा धेरै झन्डै साढे ७ प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका १ करोड ७३ हजार कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search