सुनको भाउमा फेरि कीर्तिमान : तोलाको एक लाख ८५ हजार पुग्यो

काठमाण्डौ । सुनको भाउले आज फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

आज सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८१ हजार एक सय रुपैयाँ रहेको थियो । सुनको भाउ अस्तिदेखि फेरि लगातार बढ्न थालेको छ ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय रुपैयाँ रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search