निःशुल्क पाउने स्वास्थ्य सेवा सम्बन्धी विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा पाउने सेवाहरुबारेको विवरण सार्वजनिक गरेको छ । निःशुल्क पाउने सेवा, सेवा पाउने लक्षित समूह, सेवा पाउने ठाउँलगायतका विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।

वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि समेटिएको छ । सरकारलेसरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ ।

यसैगरी, मिर्गौला, मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्तर्गत विभिन्न उमेर समूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क उपलब्ध हुन्छ ।

यसका लागि सेवा प्राप्त गर्ने ठाउँको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत वेबसाइटमा राखिएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप पौडेलले नागरिकले पाउने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न भनेपछि मन्त्रालयले वेबसाइटमा विस्तृत विवरण खुलाएको हो ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search