जुम्लाको हिमा गाउँपालिकाका ६ वटा वडा बालविवाह मुक्त घोषणा

जुम्ला । हिमा गाउँपालिकाका छ वटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । जुम्लाको सिञ्जा क्षेत्रमा रहेको हिमा गाउँपालिकाको वडा–७ बालविवाह मुक्त वडा घोषणा भएपछि हिमा गाउँपालिकाका छ वटा वडा बालविवाह मुक्त घोषणा भएका हुन् ।

हिमा गाउँपालिकाका अनुसार छ बाहेक अरू वडा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बालविवाहबाट हुने जोखिम र असरलाई न्यूनिकरण गर्न आधारभूत सूचक पूरा गरेर बालविवाह मुक्त गाउँपालिका घोषणा अभियान थालिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार बाँकी एउटा वडालाई चाँडै बालविवाहमुक्त घोषणा गर्ने तयारी छ । जुम्लाको हिमा गाउँपालिकाका छ वटा वडासहित अरू पालिका सिँजा, कनकासुन्दरी, पातारासी, तिला र गुठिचौरका गरी १४ वटा वडा बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।

हिमा गाउँपालिकाले ‘बिहेवारी २० वर्ष पारि, हामी सबैको ऐक्यबद्धता, बाल बिवाह मुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता’ भन्ने नाराका साथ पछिल्लो पटक वडा ७ लाई बालविवाह मुक्त वडा घोषणा गरेको हो । नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार गैरसरकारी संस्थाहरुको सहयोग र समन्वयमा पालिकाले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search