संवैधानिक निकायका ५२ नियुक्ति विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाण्डौ । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि नियमित सुनुवाइअन्तर्गत आज पनि पेशी तोकिएको छ । मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।

हिजोको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालले सरकारको बचाउ गर्दै बहस गरेकोमा आज पनि उहाँले थप बहस गर्नुहुनेछ । त्यसपछि संवैधानिक निकायका कानून व्यवसायीहरूले बहस गर्नेछन् । संवैधानिक नियुक्तिविरुद्धका १५ वटै रिट एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search