शेयर बजार २७ सय विन्दुमुनि झर्‍यो, कारोबार रकम भने बढ्यो

काठमाण्डौ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ७५ अङ्कले घटेर २ हजार ६ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ ।

आज विकास बैंक, होटल, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर सबैभन्दा धेरै साढे १ प्रतिशतले ओरालो लागेको छ ।

आज गूडविल फाइनान्सको डिबेन्चर र एनएमबी हाइब्रिड फन्ड साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ८ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search