आईपीएल क्रिकेटमा आज गुजरात र राजस्थान खेल्दै

काठमाण्डौ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । यो खेल जयपुरमा बेलुका पौने ८ बजे शुरु हुनेछ ।

गुजरात आठ खेलमा १२ अङ्कसहित दोश्रो स्थानमा छ । नौ खेलमा चार अङ्कसहित राजस्थान तालिकाको पुछारबाट दोश्रो स्थानमा छ ।

हिजो भएका खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले दिल्ली क्यापिटल्सलाई छ विकेटले र मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search