शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन सांसदको माग

काठमाण्डौ । सांसदहरूले काठमाण्डौमा प्रदर्शनरत शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद भएको भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने बताए । साथै विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन् ।

नेकपा ९माओवादी केन्द्र० का सांसद जनार्दन शर्माले प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर शिक्षकहरू घाइते भएको घटनाप्रति भर्त्सना गर्दै ऐन बनाएर उनीहरूको जायज माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षा पाउनबाट वञ्चित भइरहेको भन्दै चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद रोशन कार्कीले शिक्षकहरूमाथि भएको दमन, पानीको फोहोरा र कुटपिटजन्य घटना दुःखद रहेको भन्दै उनीहरूको माग पूरा गर्न सरकारसमक्ष माग गर्नुभयो ।

नेकपा ९एमाले० का सांसद सूर्यबहादुर थापाले शिक्षकहरूमाथिको दमन ठीक नभएको भन्दै विद्यालय शिक्षा ऐनको प्रगतिबारे संसद्लाई जानकारी गराउन माग गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले शिक्षकहरूमाथि दमन गरेकोमा विरोध गर्दै समस्या चाँडो समाधान गर्न आग्रह गर्नुभयो । शिक्षक आन्दोलनका क्रममा हिजो प्रहरीसँग झडप भएको थियो ।

शिक्षकहरूले आज २७औं दिन पनि काठमाण्डौमा प्रदर्शन गरिरहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search