हावाहुरी र असिनापानीले मधेश र कोशी प्रदेशका तराई क्षेत्रको कृषिबालीमा क्षति

सुनसरी । गएरातिको हावाहुरी र असिनापानीले मधेश र कोशी प्रदेशका तराई क्षेत्रको कृषिबालीमा क्षति पुर्‍याएको छ । हावाहुरी र असिनापानीले मधेश प्रदेशको बारा, रौतहटलगायत जिल्ला र कोशीका सुनसरी, मोरङलगायतका जिल्लामा मकै र आँपखेतीमा ठूलो क्षति पुर्‍याएको हो ।

विभिन्न क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार सुनसरीसँगै मोरङ, झापालगायतका जिल्लामा पनि हावाहुरी र असिनापानीले क्षति पुर्‍याएको छ । भित्र्याउने बेलाको मकैबाली र चिचिला लागेको आँपमा क्षति पुगेको छ ।

मधेश प्रदेशका धेरैजसो जिल्लाहरूमा मकैबाली, आँपलगायत उत्पादन नष्ट भएको आम जनता पार्टीका सांसद प्रभु साहले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search