भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको ज्यान गयो

भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको ज्यान गएको छ । मध्य प्रदेशको रतलाम जिल्लामा भएको दुर्घटनामा १२ जनाले ज्यान गुमाएका त्यहाँको प्रहरीले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इनारमा खस्नुअघि गाडी मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएका र नजिकैको इनारमा खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकल चालक, गाडीमा सवार र उनीहरूलाई जोगाउन इनारमा हाम फालेका एक व्यक्तिको ज्यान गएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका हरेक परिवारलाई दुई लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने बताउनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search