भारत । पाकिस्तान बढ्दो तनावलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरुले दुवै देशलाई कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आह्वानसमेत गरेका छन् ।
साउदी अरबले भारत र पाकिस्तानबीचको बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक उपायमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।
साउदी अरबको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भारत र पाकिस्तानबीच जारी तनाव तथा सीमापार भइरहेको लगातारको गोलाबारीप्रति गम्भीर चासो र चिन्ता जनाएको छ ।
त्यस्तै यसअघि चीन, अमेरिका, टर्की र कतारले पनि भारत र पाकिस्तानबीचको तनावलाई लिएर चासो व्यक्त गर्दै शान्तिपूर्ण समाधानको अपेक्षा व्यक्त गरेका थिए ।
गएको अप्रिल २२ तारिखमा भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २६ जनाको ज्यान गएपछि भारत र पाकिस्तानबीचको तनाव थप चुलिएको हो ।