काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिश समितिमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
समितिका सदस्य डा।विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सिफारिश समितिमा राखिएको हो । भट्टराईले एक महिनासम्म पनि बैठक बस्न नसकेको भन्दै राजीनामा दिनुभएको थियो ।
हिजो बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई सिफारिश समितिमा राख्ने निर्णय गरेको हो । उहाँलाई पूर्व गभर्नरको तर्फबाट राखिएको हो ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वको सिफारिश समितिमा विज्ञ सदस्य विश्व पौडेल हुनुहुन्छ ।