काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप २०२६ को फाइनल खेल लर्ड्स क्रिकेट मैदानमा हुने भएको छ । आउँदो वर्ष इङ्ग्ल्यान्डमा हुने प्रतियोगिताको फाइनल जुलाई महिनाको ५ तारिखमा लर्ड्समा हुने पक्का भएको हो ।
यस्तै प्रतियोगिताका अन्य खेलहरू ओल्ड ट्राफोर्ड, हेडिङ्ले, एजबास्टन, ह्याम्पशायर बाउल, द ओभल र ब्रिस्टल काउन्टी ग्राउन्डमा हुनेछ । जुन १२ देखि शुरू हुने प्रतियोगितामा २४ दिनमा ३३ खेल हुनेछन् ।
आउँदो संस्करणको महिला टी–२० विश्वकपमा अहिलेसम्मकै धेरै १२ वटा टोली सहभागी हुँदैछन् । प्रतियोगितामा आयोजक इङ्गल्यान्ड, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलङ्काले स्थान सुरक्षित गरिसकेका छन् । बाँकी ४ वटा टोली छनोट प्रतियोगिताबाट छानिने छन् । नेपाली टोलीले पनि छनोटको पहिलो चरणमा यही मे महिनामा विश्वकप एशिया छनोट खेल्दैछ ।
१२ वटा टोलीलाई २ वटा समूहमा विभाजन गरिनेछ र त्यसपछि नकआउट चरण हुँदै फाइनल हुनेछ ।