संसद् बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल, २८ गते राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा पनि आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । संसद्मा सरकारको नीति तथा कार्यक्रमबारे गएको सोमवारदेखि छलफल भइरहेको छ । राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल भइरहेको छ ।

आउँदो वैशाख २८ गते बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search