‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासङ्कल्प : प्रधानमन्त्री ओली

काठमाण्डौ । कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू भएको छ । आज र भोलि चल्ने दुई दिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उहाँले ‘निरोगी नेपाल’ स्वास्थ्य क्षेत्रको महासङ्कल्प भएको बताउनुभएको छ ।

सरकार सिङ्गो नेपाललाई नै निरोगी नेपाल बनाउने सङ्कल्पसहित अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले रोग लाग्नै नदिनका लागि सन्तुलित खानपिन पनि एउटा महत्त्वपूर्ण विषय रहेको बताउनुभयो ।

रोग र उपचार प्रकृतिमै निहित रहेको भन्दै कुन कुराबाट के रोग लाग्छ र केबाट निको हुन्छ भन्ने कुराको खोजी गर्न जरुरी रहेको प्रधानमन्त्रीले बताउनुभयो । आयुर्वेदिक औषधि विज्ञानको प्रक्रियालाई विकास गर्दै अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search