काठमाण्डौ । चितवनमा रेबिज लागेर आज एक जनाको ज्यान गएको छ। रेबिजबाट इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको ज्यान गएको हो ।भरतपुर अस्पतालमा उपचारका क्रममा प्रजाको ज्यान गएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा ढिलाइ हुँदा उहाँको ज्यान गएको हो । प्रजालाई उपचारका लागि हिजो अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।