आजदेखि दुई नयाँ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा

काठमाण्डौ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले नेपाली समाजका सामाजिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्ने अपेक्षा गरिएको छ ।

‘जार’ चलचित्रले जार सम्बन्धको कारणले समाजमा उत्पन्न हुने पारिवारिक, सामाजिक र व्यक्तिगत द्वन्द्वहरूलाई कथाको केन्द्रमा राखेको छ । फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको यस चलचित्रमा चलचित्रमा सौगात मल्ल, गीताञ्जली थापा अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको छ ।

यो चलचित्रले समाजमा विद्यमान परम्परागत संरचना र मान्यताहरूलाई पुनर्विचार गर्न दर्शकहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको छ । मुख्य पात्रहरूको सम्बन्धमार्फत समाजमा यस्ता सम्बन्धहरूले पार्ने प्रभाव र त्यसबाट उत्पन्न हुने परिणामहरूलाई रूपमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी, ‘ऊनको स्वीटर’ एक भावनात्मक पारिवारिक प्रेमकथा हो, जसले प्रेम, विश्वास र समर्पणको अनुभूति दिलाउने प्रयास गरेको छ । चलचित्र नवीन चौहानको निर्देशन,चिन्तन राजभण्डारीको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादनमा बनेको छ ।

त्यस्तै सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको चलचित्रमा विपिन कार्की, मिरूना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईको मुख्य अभिनय रहेको छ । कथाले जीवनका विभिन्न मोडहरूमा दुई पात्रबीचको सम्बन्ध कसरी अगाडि बढ्छ, र त्यो सम्बन्धले पारिवारिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने पक्षलाई उजागर गर्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search