आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट न्यायमा पहुँच स्थापित गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट आमनागरिकको न्यायमा सहज पहुँच स्थापित गर्न जोड दिनुभएको छ ।

कानून दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानको मर्म एवम् वर्तमान आवश्यकताअनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आमनागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शिघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गरी नागरिकको आस्था वृद्धि गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेको समेत बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search