नेपाल–भारत सीमामा परिचयपत्र अनिवार्य, सुरक्षा व्यवस्था कडा

काठमाण्डौ । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले भारतीय सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । भारततर्फका अन्तर्राष्ट्रिय सीमा नाकामा निगरानी बढाउन गृह मन्त्रालयले निर्देशन दिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकामा सुरक्षा गस्ती र जाँच बढाएका हुन् । नेपाल–भारत ओहोरदोहोर गर्नेहरुको परिचयपत्र हेर्ने र अभिलेख राख्ने गरिएको छ ।

यसैबीच हिजो भारतीय राजदूत नवीन श्रीवास्तवले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको बताउनु भएको छ । काठमाण्डौको लैनचौरमा रहेको दूतावासमा मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले भारतका संवेदनशील क्षेत्रमा केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको, छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने गरी आवश्यक काम भइरहेको उल्लेख गर्नुभएको छ ।

घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो रहेकोमा उहाँको जोड छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search