पहाडी क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना ; मधेसको थोरै ठाउँमा हावाहुरी चल्न सक्ने

काठमाण्डौ । देशका पहाडी क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी एकरदुई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्न सक्छ । यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान छ ।

त्यस्तै महाशाखाका अनुसार कोशी र बागमतीका पनि पहाडी एकरदुई ठाउँ हल्का वर्षाको सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि आज दिउँसोपख छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् डेभिड ढकालले बताउनुभयो । उहाँका अनुसार मधेस प्रदेशको थोरै ठाउँमा आज हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ । तराईरमधेसका क्षेत्रमा गर्मी बढेको छ ।

हिजो भैरहवामा उच्चतम तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार आज भैरहवाको उच्चतम तापक्रम हिजोको तुलनामा केही घट्न सक्ने सम्भावना छ । त्यस्तै काठमाण्डौमा हिजो उच्चतम तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

आज पनि उच्चतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म रहनसक्ने अनुमान छ । आज हिमाली केही क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search