शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाण्डौ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक घटनाको अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।

चैत १५ गते राजावादीहरूले तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्दा एक सञ्चारकर्मीसहित दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीहरूले निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search