भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाइ शुरुआत

काठमाण्डौ । भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाइ स्थापना भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक कार्यक्रममबीच एकाइको उद्घाटन गर्नुभएको हो । बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय अनुसार बाल चिकित्सा सघन एकाइ स्थापना गरेको मन्त्री पौडेलले बताउनुभयो ।

सेवा शुरुआत गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै उपचारका लागि विदेश जाने सङ्ख्या घटाइने लक्ष्य राखिएको बताउनुभयो । बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिएको उहाँको दाबी छ ।

थपिएको एकाइमा बालबालिकाको आईसीयूका डे केअरका चार र साधारण सात शय्या रहने अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। उज्वल चालिसेले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search