श्रीलङ्कालाई हराउँदै नेपाल १९ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाण्डौ । नेपाल भारतमा भइरहेको १९ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । अरुणाञ्चलको गोल्डेन जुबिली रङ्गशालामा हिजो भएको खेलमा श्रीलङ्कालाई ५–० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलङ्का भने बाहिरिएको छ । यसअघि समूह ‘बी’ को पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८–० ले हराएको थियो । नेपालले अब भोलि भारतसँग खेल्नेछ । यो खेल जित्ने टोली समूह विजेता हुनेछ । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को १८ वर्षमुनिको संस्करण जितेको थियो ।

पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search