काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले भूटान वुमन्स नेशनल लिगको डेब्यु खेलमै गोल गरेकी छिन् ।
चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलमा पूजा आबद्ध ट्रान्सपोर्ट युनाइटेडले १७ वर्षमुनिको टोली गेलेफु एकेडेमीलाई ८–० गोलले हरायो । पूजाले खेलको ८७औं मिनेटमा गोल गरिन् ।
यो खेलमा नेपालबाट पूजासँगै सम्झना लावती र बिर्सना चौधरीले पनि ट्रान्सपोर्ट युनाइटेडबाट खेलेका थिए ।