सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज दुई हजार रुपैयाँले घटेको छ । सुनको भाउ दुई हजार रुपैयाँले घटेर तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search