नेपालले दियो हङकङलाई २९ रनको लक्ष्य

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले हङकङलाई ३० रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डको एआईटी ग्राउन्टमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनायो । दिउँसो सवा १२ बजे शुरू हुनुपर्ने खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको छ । नेपालकी सम्झनाकुमारी खड्काले सबैभन्दा धेरै १० रन बनाइन् । हङकङकी मे वे सुले ३ विकेट लिइन् ।

यसअघिको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले पर्सि बिहीवार फेरि बहराइनसँग खेल्नेछ ।

महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search