सुनको भाउ आज तीन हजार रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । सुनको भाउ तीन हजार रुपैयाँले बढेर तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन तीन हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ८१ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

कारोबार भएको हप्ताको पहिलो दिन वैशाख २८ गते आइतवार सुनको भाउ तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा पाँच हजार सात सय रुपैयाँले घटेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय २५ रुपैयाँ रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search