प्राविधिक समस्याका कारण झ्याप्प–झ्याप्प बिजुली गएको हो : कार्यकारी निर्देशक शाक्य

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ ।

काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजो बेलुका झ्याप्प–झ्याप्प बिजुली गएपछि आलोचना भइरहेको सन्दर्भमा प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले अहिलेको मौसमका कारण समस्या आएको दाबी गर्नुभएको छ । विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस्तो समस्या आउने गरेको उहाँको भनाइ छ ।

हावाहुरीले बिजुली नियमित आपूर्तिमा समस्या आएको र समस्याको समाधान गर्दै आएको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । बत्ती जानुमा अहिले अरू केही कारण नभएको उहाँको दाबी छ । प्राविधिक समस्याले बिजुली आपूर्तिमा गडबडी हुँदा लोडशेडिङ नै भयो भनेर हल्ला नफैलाउन उहाँको आग्रह छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search