गाजामा इजरायली हवाई आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १४ पुग्यो

हिजो मध्यरातदेखि गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परेर अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन् । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको हमासले सञ्चालन गरेको नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले बताएका छन् ।

इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाएर हवाई आक्रमणलाई पनि तीव्रता दिएको बीबीसीले जनाएको छ । इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ ।

गाजामा बालबालिकाहरू खान नपाएर छटपटाइरहेका छन् भने उनीहरूलाई खुवाउन केही पनि नभएकाले महिलाहरू पीरमा रहेका खबरमा उल्लेख छ । नाकाबन्दीका कारण त्यहाँको अवस्था झनै बिग्रिएको छ । तर इजरायली सरकारले भने गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ ।

इजरायल र हमासबीच सन् २०२३ को अक्टोबर ७ मा युद्ध शुरू भएको थियो । त्योबीचमा केही समय युद्धविराम भए पनि फेरि सम्झौता भङ्ग भएपछि इजरायलले गाजामा तीव्र हवाई आक्रमण गरिरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search