मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”
यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।
समाचारहरु
१. मकालु ३ र ४ मा मनि पर इल नेपाल र प्लान फर नेपालको सहयोग
मकालु गाउँपालिका वडा नं. ३ र ४ मा मनी पर इल नेपाल र प्लान फर नेपालले सहयोग वितरण गरेको छ । उक्त संस्थाहरुले वडा नं. ३ का ६० घरपरिवारलाई निशुल्क गाई वितरण गरेकोे छ भने वडा नं. ४ मा १ सय ४३ ओटा फलामे चुला वितरण गरेको हो । प्लान फर नेपालका अध्यक्ष दावा शेर्पाको समन्वयमा मनी पर इल नेपालका सचिब लाराको उपस्थितीमा वडा नं ३ का ६० परिवारलाई एक÷एक ओटा गाई निशुल्क वितरण गरिएको हो ।
सोही संस्थाले यस वडामा तीन पटक गाई वितरण गरिसकेको छ । पहिलो पटक ६५ ओटा, दोस्रो पटक १० ओटा र अहिले ६० ओटा गाई वितरण गरेको वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो । यसरी गाई वितरण गरेर सहयोग गर्नेे संस्थाप्रति वडा अध्यक्ष राईले आभार व्यक्त गर्नुभयो ।
यो कार्यक्रमले स्थानीय नागरिकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै “स्वाभिमान हामी सबैको पहिचान, स्वभलम्विता ३ नं. वडाको अभियान” नारालाई सार्थक पार्न यो कार्यक्रमले सहयोग गरेको उल्लेख गर्नुभयो ।
यस्तै वडा नं. ४ लाई धुवाँरहित बनाउनका लागि वितरण गरिएको चुलाको सहि सदुपयोग गर्न वडा अध्यक्ष बाल कुमार तामाङले आग्रह गर्नुभयो । यस कार्यक्रमले स्थानीयलाई धुवाँबाट हुने असर कम हुने अडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
२. एकै परिवारका ५ जनाले गरे मकालु हिमालको सफल आरोहण
संखुवासभाको मकालु गाउँपालिका वडा नं. २ का एकै परिवारका पाँच जनाले मकालु हिमालको सफल आराहण गर्नु भएको छ । टासी गाउँका शेर्पा परिवारका पाँच जनाले विश्वको पाँचौ अग्लो मकालु हिमालको सफल आरोहण गर्नु भएको हो ।
आरोहण गर्नेहरुमा आङडी शेर्पा, पेछुम्बे शेर्पा, मुन्टु लाक्पा शेर्पा, एनिमा शेर्पा र निमा दोर्ची शेर्पा रहनु भएको छ । वहाँहरुले वैशाख २६ गते बिहान ७ः३० बजे शिखर चुम्नु भएको थियो । योसंगै एकै परिवारबाट ५ जनाले सफल आरोहण गरेको गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नसमेत सफल भएको दावी गरिएको छ ।
जसमध्ये सबै भन्दा कलिलो उमेरमा मकालु हिमालको सफल आरोहण गर्ने महिला एनिमा शेर्पा बन्नु भएको छ । वहाँले २३ वर्षको उमेरमा मकालुको सफल आरोहण गर्नु भएको हो । यस अघि मकालु २ कै नुर्वु गाउँकी किपा लामु शेर्पाले २८ वर्षको उमेरमा सफल आरोहण गर्दै कान्छो आरोही बन्नु भएको थियो । वहाँले गत २०८१ चैत्र २८ गते बिहान १० बजेर १० मिनेटमा सफल आरोहण गर्नुभएको थियो । तर एक महिना नबित्दै एनिमाले नयाँ रेकर्ड कायम गर्नु भएको हो ।
३. मकालुको ६ वटै वडामा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न
मकालु गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम ६ वटै वडामा सम्पन्न गरेको छ । मकालु गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाद्धारा वैशाख २१ गतेदेखि २६ गतेसम्म भत्ता वितरण गरेको हो । मकालु गाउँपालिकाका कर्मचारी र सिद्धार्थ बैंक मकालु शाखाका कर्मचारी लगायतको उपस्थितीमा वडामा नै गएर भत्ता वितरण गरिएको हो ।
जस अन्तर्गत मकालु १ मा वैशाख २२ गते, मकालु २ मा वैैशाख २३ गते, मकालु ३ मा २५ गते, मकालु ४ मा २४ गते, मकालु ५ मा २६ गते र मकालु ६ मा वैशाख २१ गते भत्ता वितरण गरिएको हो ।
जसमा मकालु १ का १ सय २१ जना सेवाग्राही रहेकोमा ५१ जनाले सेवा लिएका थिए । यस्तै मकालु २ मा २ सय ७५ जना सेवाग्राही रहेकोमा १ सय ३५ जनाले सेवा लिएका हुन् । यसैगरि वडा नं. ३ मा ३ सय ७५ जना सेवाग्राही मध्ये २ सय ३१ जनाले सेवा लिए । यस्तै मकालु ४ मा १ सय ३५ जना सेवाग्राही मध्ये ८१ जनाले सेवा लिएका थिए । यसैगरि मकालु ५ मा ९१ जनाले सेवा लिएका छन् भने मकालु ६ मा १ सय १३ जना सेवाग्राही रहेकोमा ६८ जनाले सेवा लिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख दिनेश राईले जानकारी दिनुभयो ।
४. मकालु वडा नं. १, २ र ४ को सार्वजनिक सुनुवाई हुने
मकालु गाउँपालिकाको वडा नं. १, २ र ४ को सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । मकालु गाउँपालिकाको आयोजनामा आर्थिक बर्ष २०८१/८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार वडामा सञ्चालित योजना, कार्यक्रम तथा कार्यालयद्धारा सेवा प्रवाहको गुणस्तरीयता सम्बन्धमा कार्यक्रम हुने भएको हो ।
सम्पूर्ण कार्यक्रमहरु वडा कार्यालयको प्रांगणमा हुनेछ । कार्यक्रममा सम्पूर्ण बुद्धीजीवी, समाजसेवी, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई आह्वान गरिएको छ ।
वडा नं. १ मा जेठ ११ गते, वडा नं. २ मा जेठ ९ गते र वडा नं. ४ मा जेठ ७ गते कार्यक्रम हुनेछ । यस्तै मकालुका अन्य ३ वटा वडाहरुमा यस अघि कार्यक्रम सम्पन्न भईसकेको छ ।
अन्तरवार्ता
मकालु गाउँपालिकामा ६ ओटा वडाहरु रहेका छन् । जसमध्ये वडा नं. ३ ले गरिरहेको विकास गतिविधिको बारेमा सञ्चारकर्मी मेघराज तामाङले गर्नु भएको विकास गतिविधि कुाराकानी यहाँ प्रस्तुत छ ।
रंगशाला निर्माणमा सहयोग गर्नुहोस् : वडा अध्यक्ष बद्री बहादुर राई
१. अध्यक्ष ज्यू यहाँलाई स्वागत छ ।
धन्यवाद ।
२. मकालु गाउँपालिका वडा नं. ३ धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमासमेत परिचित छ । यसलाई कोशी–किमाथांका राजमार्गले छुँदै किमाथांका चीनको सिमाना किमाथांका पुगिन्छ । यो वडा नं. ३ को विकासको हिसाबले यहाँसम्म आइपुग्दा कस्तो अनुभव गर्नु भएको छ ?
अब यहिँ जेठको ५ गते ३ बर्षे कार्यकाल पुरा हुन्छ । पहिलो वर्ष त सबै कुरा बुझ्दा, मेलो लाउँदा नै बित्ने रैछ । दोस्रो वर्ष बिशेष गरि विकास निमार्णका कुराहरुमा अगाडि बढ्ने कोशिष गरियो । खासमा मलाई यो दुई/तीन बर्षको अवधीमा के लाग्यो भने स्थानीयसँग चेतना छ भने विकास हुने रहेछ । चेतना छैन भने विकास गर्न असहज हुने रहेछ ।
३. यो भनेको चाहिँ कस्तो हो ? कस्तो पाउनु भयो ?
हामिले वडा देखि बजेटिङ गर्छौँ, गाउँपालिकाले बजेटिङ गर्छ । त्यो विनियोजित बजेटलाई कार्यान्वयनको पाटोमा जाँदाखेरी स्थानीय जनतासँग चेतना छ भने सहज ढंगले सम्पन्न हुने रहेछ । स्थानीयसँग चेतना छैन भने त्यहाँ विकास गर्न गाह्रो हुँदो रहेछ । एक/दुई ठाउँमा म अनुभुति गर्दैछु ।
४. विकासको नाममा भौतिक विकास बाहेक यहाँका स्थानीयले यहाँको संमृद्धिको लागी अरु के चाहना राख्ने रैछ ?
स्थानीयसँग चाहिँ मोटामोटि तपाईले भने जस्तै मागहरु आउने गर्छ, भौतिक विकासको । हामिले थप चेतनासँग सम्बन्धीत कुरा, अपाङ्ग, महिला, दलितसँग सम्बन्धीत कुरा, पर्यटन, कृषिसँग सम्बन्धीत कुरा लगायत अन्य तालिमसँग सम्बन्धीत कुराहरु चाहिँ हामि आफैँ व्यवस्थापन गरेको कुरा जानकारी गराउँछु ।
५. यो चालु आर्थिक बर्षमा चाहिँ तपाँईकोमा कतिवटा योजना सञ्चालित छन् ?
जम्मा ३८ वटा हो । त्यसमा ३८ वटा नै सम्झौता भएको छ । मोटामोटी १५/१६ वटा चाहीँ सम्झौता भएको छ । बाँकी योजना केही चल्दैछ, केही सकिन लागेको छ ।
६. प्रदेश र केन्द्रबाट आएको बजेट छ, यहाँको वडामा ?
प्रदेशको छ । याम्फू भवन बन्ने ठाउँमा २५ लाख छ । र संघको बजेट चाहिँ यहाँ २ वटा २ करोडको थियो । त्यो मोटामोटि सकिन लागेको अथवा ६० प्रतिशत काम भएको छ । प्रदेशको चाहिँ प्राविधिक मिस्टेकले गर्दा अलमलमा परेको अवस्था छ । अरुण तेस्रो अन्र्तगत आएको योजनाहरु एउटा ७५ लाखको सम्पन्न भएको छ । एउटा सुरु नै भएको छैन । अनि संघमार्फत आएको पर्यटन पदमार्गको मामलामा चाहिँ अहिले चालु छ ।
७. विगत २/३ बर्ष देखि यहाँहरुले जनप्रतिनिधी भएर निवार्चित भइसकेपछिको समयमा र अहिलेको यो चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरु मध्ये यहाँको नागरिकलाई प्रत्यक्ष अनुभुती गर्न मिल्ने नयाँ कुनै योजना छ ?
छ भनुम् न । अहिलेको अनुभुति गर्न मिल्ने खाल्को गढी बंकर संरक्षणसँग सम्बन्धीत एउटा संरचना बनाएका छौँ । अर्काे मकालु गाउँपालिका वडा नंं. ३ देखि मकालु हिमालसम्म जाने पदमार्ग अनि ऐतिहासिक हाङहोङको उजागर गर्नुपर्छ भनेर मेलालाई बृहत रुपमा बढाएका छौँ । कृषिसँग सम्बन्धित कार्यक्रमहरुलाई तिब्रताकासाथ अघि बढाएका छौँ । विभिन्न खालका तालिम, गोष्ठिहरु अगाडी बढाएका छौँ । यी कुरालेचाहिँ स्थानीय जनताहरुलाई प्रभावित पार्न सकेको जस्तो लागेको छ ।
८. यहाँले गढी बंकर निमार्णको कुरा गर्नुभयो, गढीको ऐतिहासिकताको बारेमा थोरै जानकारी गराईदिनु होस्न ।
अब यो गढी भनेको चाँही खास गरी नेपानी सेना र तिब्बतीयन विचको लडाइको थलोको रुपमा यो गढीलाई मानिएको छ । हाम्रो नेपालको अभिलेखालयमा पनि यसको एउटा रेर्कड हामिले पायौँ । म आफैँ गएर त्यो पल्टाउने काम भयो । वि.सं. १८४५ मा स्थानीय किराँतीहरु, गोबा किराँतीहरु, नेपाली सेनाको निर्देशनमा बनाउन लगाएको किल्ला वा गढी भनिन्छ । त्यति हो त्यहाँ भएको रेर्कड चाहिँ त्यो बाहेक छैन । यहाँ संरचना हेर्दा पनि तर अहिले त सबै अतिक्रमण भएर गैसकेको छ, तथापी पनि हामीले एउटा ऐतिहासिक थलो हो भनेर यसको संरक्षणमा लागेका छौँ ।
९. अहिले त गढी बजारको संरचना अतिक्रमण बढि रहेको छ । यसलाई चाहिँ स्थानीय सरकार अथवा जनप्रतिनिधीहरुले रोक्नको लागी कुनै पहल भएको छ ?
आजसम्म जति भयो, भयो । अब एक÷दुई वटा बंकर त सकिनै गएको छ । दुई ठाउँको बंकर सिद्धियो । एक ठाउँको चाहिँ पुर्नजिवित गर्न असम्भब भएको छ । तर एक ठाउँकोलाई चाहिँ हामिले पुर्न जिवीत गर्छाै । वडा कार्यालय भएकै ठाउँमा पोखरी थिएछ । त्यो पनि अतिक्रमण भयो । स्थानीय, विद्यालय र वडा कार्यालयको कारणले गर्दा यो पोखरीको अतिक्रमण भयो । र यसलाई हामि पुर्न जिवित गर्ने सोचमा छौँ । आगुम हामी सानो–सानो पोखरी बनाउँछौँ ।
१०. अहिले संरचना चाहीँ केही निमार्ण गर्दै हुनुहुन्छ ?
अहिले संरचना चाहिँ बंकर सुहाउँदो पैदल मार्ग जस्तो बनाएका छौँ । त्यहाँ बिच–बिचमा चौतारो छ । आगामी साल हामि त्यसलाई नै बढाउने तथा विस्तार गर्ने बिचारमा छौँ । सम्भवत यहाँ पोखरी बनाउँछौ । फेरी अर्काे माथि डाँडामा एउटा बंकर बनाउछौँ ।
११. मकालु हिमाल जाने पदमार्गको कामचाहिँ कहाँ पुग्यो ?
गोलेचौर देखि सुरु भएको छ । गोलेचौर देखि एक किस्ता जाँदैछ । हरेलो डाँडाबाट अर्काे किस्ता जाँदैछ । अर्काे माथि एउटा धारे ढुंगा छ, जसलाई तुरुवा पनि भन्दो रहेछ । स्थानीय भाषामा त्यहाँ देखि पनि सुरु भएको छ र बाक्लेकमा सय मिटरचाहिँ सम्पन्न भई सकेको छ । काम चल्दैछ ।
१२. मकालु बेसक्याम्प जानको लागि यो रुटको बाटो थोरै जानकारी गराईदिनुस् न ।
मकालु गाउँपालिका वडा नं. ३ । यो ड्यामसाइडमा प्रवेश हुन्छ । त्यहाँदेखि जो कोहि पर्यटकहरुको लागि ड्यामसाइड वारी पट्टी आइसकेपछि पर्यटक साथिहरु निस्कनु हुनेछ अनि ऐतिहासिक गढीडाँडा देखि माथि पट्टी मकालु बरुण राष्ट्रिय निकुञ्जको हेड अफिस त्यहाँ छ । त्यँहा देखि माथि गोलेचौर मावि हुँदै अनि हरेलो डाँडा, आलडाँडा, बाक्लेक हँँुदै मटेसे डाँडा जहाँ उहिले मटिसे लामाले त्यहाँ तपस्या गरेको भन्ने कुरा छ । अहिले पनि त्यहाँ अवशेषहरु पर्याप्त मात्रामा छ । त्यो हुँदै भालुटार, निँगाले, देउराली, गैरीखर्क, डोँडे हुँदै दोबाटे निस्कन्छौँ । र याङलेखर्क, शिवधारा हुँदै मकालु हिमाल पुग्छौँ ।
१३. बिचमा बस्ने आबासको वातावरण कस्तो छ ?
कुनै–कुनै ठाउँमा सामान्य गोठहरु छ । त्यो गोठ भन्दा अरु छैन । होटल व्यवस्थापन भएको छैन । अब होटल व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुराको अध्ययनमा छौँ ।
१४. त्यो त निकुञ्जको एरिया भएको कारणले पनि होटल सञ्चालन गर्न नसकिएको होकि ?
निकुञ्जकै साथीहरुसँग कुरा चल्दैछ । अब यो निकुञ्ज ऐनमा परिवर्तन आयो भने त्यो सम्भावना होला भन्ने खालको कुरा भएको छ । अर्काे कुरा चाहिँ यो बाटोमा सञ्चारको व्यवस्थापन गर्नको लागि पनि मोटामोटि हाम्रो जिल्ला टेलिकमसँग पनि कुरा भएको छ । सर्बे जिल्ला टेलिकम हाकिमलाई लिएर सम्भवत हामि देउराली सिरमा एउटा एन.टि.सि. टावर राख्न पाईयो भने याङ्लेसम्म चाहिँ सञ्चारको व्यवस्थापन हुन सक्ने आँकलन गरिएको छ । हामि त्यो गर्ने पक्षमा छौँ ।
१५. यहाँले केहि समय अगाडि रंगशाला निमार्णको सम्पूर्णमा सहयोग संकलनको निम्ति अपिल गर्नु भएको थियो । त्यो रंगशाला के हो, किन रकम संकलन गर्नु पर्ने ?
यो रंगशाला उत्तरी क्षेत्रको एउटा सम्पत्ति हो । जुन ठाउँमा जुन खालको पाउनु पर्ने ठाउँमा यो अवस्थित छ । यो रंगशाला भन्ने कुरा कसैले चाहेर पनि त्यो सम्भावना नहुँदो रहेछ । ठाउँले पनि साथ दिनु पर्ने रहेछ । अनि ठाउँ उपलब्ध हुनु पनि पर्ने रहेछ । हामिले लगभग त्यहाँ १७ रोपनी जत्तिको थाल जस्तो जमिन पाएका छौँ । जो गाउँको बिचमा छ ।
त्यो हेदांना कै एउटा जमिन्दार मान्छेको जग्गा भएकोले बुवाको नाममा छोराछोरी अथवा सन्तानले हामिलाई उपलब्ध गराउनु भएको थियो । तर यसलाई पुर्णता दिन सकिएको छैन । त्यसै कारण जनजनमा गएर जसरी हुन्छ रकम संकलन गरेर त्यसलाई पुर्णता दिने सोँचका साथ हामि अस्ति फाल्गुनमा आम भेला बस्यौँ । यसलाई जसरी भएपनि पुर्णता दिनको लागि हातहातमा भएपनि जनजनमा गएर भएपनि रकम संकलन गरि त्यस्लाई पुर्णता दिने सल्लाह भए बमोजिम मेरो नेतृत्वमा, मेरो संयोजकत्वमा र सह–संयोजक प्रेम राई र सदस्य ज्ञान बहादुर गुरुङ्ग ३ जनाको नाममा हामिले खाता खोलेका छौँ । र त्यो खाता अहिले सबै सामु प¥याउने तरखरमा छौँ । र अहिले झन्डै ६१/६२ हजारको रेसियोमा पैसा पनि उठिसक्यो र भर्खर सुरु भएको छ । आज ३ दिन भयो, पैसा उठ्न थालेको ।
१६. यो रकम संकलनको लक्ष्य चाहिँ कति हो ?
यो लगभग २० लाख संकलनको योजना हो ।
१७. अहिलेसम्म चाहिँ त्यो रंगशाला निमार्णको लागि सरदर कति खर्च भईसकेको छ ?
अहिले ५० लाख जति खर्च भईसकेको छ । प्रदेशबाट २० लाख । यो साल गाउँपालिकाबाट २१ लाख र गतबर्ष गाउँपालिकाबाट ५ लाख र स्थानीय नागरिकको जनश्रमदान गर्दा लगभग ५० लाख लगानी भईसकेको छ ।
१८. अन्त्यमा यहाँले भन्न छुटाएका केही कुरा छ राख्न सक्नु हुन्छ ।
अब मेरो कुरा चाहिँ के हो भने मकालु गाउँपालिका वडा नं. ३ मा स्वाभिमान हामी सबैको पहिचान, स्वावलम्भिता ३ नं.वडाको अभियान भन्ने एउटा नारा बनाएको छौँ । यसको मतलब ३ नं. वडा बासीहरु हर कुरामा स्वाबलम्भी हुनुपर्छ भन्ने खालको कुरालाई ध्यानमा राखेर हामिले गतवर्ष र यो वर्ष हामिले कफी नर्सरी लिएका छौँ । पोहोर हामिले २२ हजार विरुवा वितरण गर्यौ । यो वर्ष पनि २०/२२ हजार हामीसँग विरुवा छ ।
तपाँई कृषकले निर्धक्क भएर कफी रोपि दिनको लागी म आग्रह गर्छु । किनभने यतिबेला रोप्ने सिजन पनि हो र बिरुवा पनि रोप्ने बेला भईसकेको छ । त्यसैले गर्दाखेरी यो विरुवा रोप्ने कुरामा चाहिँ तपाँईहरुले कन्जुस्याई नगरिदिन म आग्रह गर्छु र अर्काे कुरा हामी साच्चिकै स्वाबलम्भि हुने हो भने के कुरामा हामीले परिवर्तन गर्नुपर्छ त्यो परिवर्तन गर्नको लागि वडाले पनि केही सामाजिक कानुनहरु बनाएको छ । ती सामाजिक कानुनहरुलाई पनि हाम्रै लागि हो भनेर त्यसलाई पालना गरिदिनु हुन म विशेष अनुरोध गर्दछु ।
१९. हवस्, समय र संवादको लागी यहाँलाई धन्यवाद छ ।
धन्यवाद ।
यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज र संखुवासभा एक्सप्रेस साप्ताहिक साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।