दाङको राम्री-कपुरकोट सडक खण्ड नौ दिन बन्द हुने

काठमाण्डौ । राप्ती लोकमार्गअन्तर्गत दाङको राम्री–कपुरकोट सडक खण्ड नौ दिन बन्द हुने भएको छ ।

राम्री–कपुरकोट सडक खण्डमा सडक स्तरोन्नतीको काम हुने भएकोले नौ दिन बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले सूचना निकालेर पर्सि २३ गतेदेखि आउँदो असार १ गतेसम्म हरेक दिन दैनिक ६ घण्टा सडक बन्द हुने जनाएको छ ।

बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिनुभएको छ ।

उहाँले सडक बन्द रहेका बेला वैकल्पिक मार्ग प्रयोग गर्न गाडी चालक र यात्रुलाई आग्रह गर्नुभएको छ ।

साना गाडीका लागि वैकल्पिक मार्गका रूपमा पैयाखोरिया–सातबास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search