गुल्मी । गुल्मीको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिका अन्तर्गत सिलादी-घमिर-अर्खाबाङ सडक एक हप्ताका लागि बन्द भएको छ ।
मालिका गाउँपालिकाले सूचना निकालेर सिलादी-घमिर-अर्खाबाङ सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको हुँदा एक हप्ताका लागि पूर्णरुपमा बन्द गरिएको जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार पालिकाले काम सम्पन्न नहुँदासम्म आजदेखि यही २७ गतेसम्म यो सडकमा गाडी चलाउन रोकेको हो ।
सडक बन्द भएपछि वैकल्पिक सडकको रुपमा मालिका गाउँपालिका–६ फुलवारी र ७ को अर्चेङ हुँदै बरारुखको सडक प्रयोग गर्न आग्रह गरिएको छ ।