काठमाण्डौ । दुई वटा मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार टोली गएराति थाई एअरलाइन्सबाट काठमाण्डौ आइपुगेको हो । मैत्रीपूर्ण दुई खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो ।
सोमवार भएको खेलमा नेपालको टोली दुई गोलले र शुक्रवार भएको ‘क्लोज डोर’ खेलमा एक गोलले पराजित भएको थियो ।
नेपालले यही जुन अन्तिमदेखि उज्वेकिस्तानमा महिला एशियन कप छनोट खेल्दैछ । त्यसको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग एक मैत्रीपूर्ण र एक अभ्यास खेल खेलेको हो ।
एएफसी एशिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का रहेका छन् ।