युक्रेन र रुसी नियन्त्रणमा रहेको क्रिमिया जोड्ने पुल क्षतिग्रस्त स् बम आक्रमणबाट भत्किएको युक्रेनको दाबी

युक्रेन र रुसको नियन्त्रणमा रहेको क्रिमियासँग जोड्ने पुलमा बम आक्रमणका कारण क्षति पुगेको छ ।

युक्रेनले महिनौंको तयारीपछि पुल मुनिको पानीमा लगभग एक हजार एक सय किलो विस्फोटक पदार्थ राखिएको र टाढाबाट रिमोटले विस्फोट गराइएको दाबी गरेको छ ।

विस्फोटबाट पुलका खम्बाहरूमा क्षति पुगेको र संरचना ध्वस्त भएको दाबी गरेको युक्रेनको सुरक्षा सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यो पुल रुसी सेनाको लागि युक्रेनमा सामान र हतियार पुर्‍याउने महत्त्वपूर्ण मार्ग मानिन्छ । रुस र युक्रेनबीच युद्ध शुरू भएदेखि यसअघि दुई पटकसम्म पुललाई निशाना बनाइएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search