विश्व वातावरण दिवस : प्लास्टिक प्रदूषण घटाउनुपर्नेमा जोड

काठमाण्डौ । आज गङ्गादशहरा मेला मनाइँदैछ । हरेक वर्ष जेठ शुक्लदशमीको दिन यो मेला मनाइन्छ ।मेलाको अवसरमा रसुवाको गोसाइँकुण्ड, कैलालीको बेहडाबाबालगायतका धार्मिक स्थलमा दर्शनार्थीको घुइँचो लागेको छ ।

गङ्गादशहरा पर्वका अवसर पारेर बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी देश भारतका विभिन्न ठाउँबाटसमेत दर्शनार्थी पुगेका छन् ।मेलाका अवसरमा धनगढी उपमहानगरपालिकामा आज बिदा दिइएको छ । यस्तै कञ्चनपुरका चार पालिकाले पनि आज सार्वजनिक बिदा दिएका छन् ।

बेलौरी नगरपालिका–५ भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

बेलौरी र पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिकाले आज एक दिनको बिदा दिएका छन् भने लालझाडी गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search