खाँदबारीमा छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

खाँदबारी । संखुवासभाको खाँदबारीमा १९ औँ छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल दलित संघ कोशी प्रदेश कार्य समितिका वरिष्ठ उपाध्यक्ष रविन्द्र नेपालीको प्रमुख अतिथ्यमा नेपाल दलित संघ जिल्ला कार्य समिति संखुवासभाको आयोजनामा नेपाली काँग्रेस पार्टि कार्यालयमा सम्पन्न भएको हो ।

कार्यक्रममा वरुण बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । बुधबार सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले नेपालमा छुवाछुतको अवस्था र हाल १९ औं दिवस मनाई रहँदा दलित समुदायले भोगिरहेका समस्या र समाधानका विषयमा बोलेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस संखुवासभाका नेताहरु, अनन्त गौली, महेश थपलिया, दिपन कुमार श्रेष्ठ, चक्र बहादुर विशुंके, शेर बहादुर वन, निरु तामाङ वस्नेत, सल्यान नेपाली, लक्ष्मी प्रसाद कोइराला, जीवन सुन्दास लगायतको उपस्थिति रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search