कबीर जयन्तीका अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डौ । कबीर जयन्तीका अवसरमा आज मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेश सरकारले कबीर जयन्तीका अवसरमा पहिलो पटक सार्वजनिक बिदा दिएको खुशीमा कबीरपन्थीहरूले हिजो बेलुका जनकपुरमा र्‍याली आयोजन गरेका छन् । जनकपुरको सद्गुरु कबीर बालबात्सल्य आश्रमबाट निस्केको र्‍यालीले जनकपुरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

आज सद्गुरु कबीर दासको ६२७औं जन्मजयन्ती मनाइँदैछ । कबीर सागरमा वर्णन अनुसार कबीर साहेबको जन्म १ हजार ४५५ सालमा जेठ महिनाको पूर्णिमाका दिन भएको मानिन्छ ।

कबीरदास १५औं शताब्दीमा समाजमा व्याप्त कुरीति, अन्धविश्वास र धार्मिक आडम्बरको कडा आलोचक हुनुहुन्थ्यो । उहाँको रचनाका कारण हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरूले गुरुका रूपमा मानेका थिए । कबीरको शिक्षामा आधारित कबीर पन्थ नामक सम्प्रदाय आज पनि सक्रिय रूपमा फैलिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search