काठमाण्डौ । सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ६५ रुपैयाँ थियो ।











