काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिश गर्नुभएको छ । एक जना न्याय परिषद् सदस्य प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री ओलीले नेपालको नाम सिफारिश गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्रीको सिफारिशमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेदेखि सकिँदैछ । प्रधानमन्त्रीले सिफारिश गरेको व्यक्ति संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट न्याय परिषद् सदस्यमा नियुक्त हुने व्यवस्था छ ।