रामेछाप र सिन्धुलीको सीमानामा पर्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा सञ्चालन

रामेछाप । गएको वर्षको असोज १०, ११ र १२ गतेको बाढीले क्षति पुर्‍याएको रामेछाप र सिन्धुलीको सिमानामा पर्ने पुछिघाटको झोलुङ्गे पुल मर्मतपछि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।

सुनकोशीको बाढीले रामेछापको खाँडादेवी र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने १ सय ८० मिटर लामो झोलुङ्गे पुलको रामेछापतर्फको झन्डै ३० मिटर भागमा क्षति पुर्‍याएको थियो ।पुलमा क्षति हुँदा रामेछापको खाँडादेवी र सिन्धुलीको सुनकोशी गाउँपालिकाका नागरिक प्रत्यक्ष प्रभावित भएका थिए । नदी वारपार गर्न पुलको लठ्ठा समातेर जोखिम मोल्नुपर्ने अवस्था थियो ।

यो पुल तरेर रामेछापको खाँडादेवीबाट सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको विद्यालयमा विद्यार्थी जानुपर्ने बाध्यता छ । अरू स्थानीय बासिन्दा र किसानले पनि दैनिक वारपार गर्नुपर्ने खाँडादेवी गाउँपालिका–४ पुछिघाटका हर्के माझीले बताउनुभयो ।बाँस, काठको फ्ल्याकसहित अस्थायी रूपमा मर्मत गरी पुल सञ्चालनमा ल्याइएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ४ लाख ५० हजार रुपैयाँ खर्चेर पुलको मर्मत सम्भार गरिएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search