४ कारोबार दिनपछि शेयर बजार सामान्य बढ्यो

काठमाण्डौ । लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ६ सय दशमलव ७६ विन्दुमा पुगेको छ ।आज विकास बैंक, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २ दशमलव २० प्रतिशतले उकालो लागेको छ ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शेयर झन्डै १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ६ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search