काठमाण्डौ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा इटाली प्रस्थान गर्नुभएको छ । रोममा यही जुन २८ देखि जुलाई ४ तारिखसम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन(एफएओ) को ४४औं सत्रमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
पराराष्ट्रमन्त्री राणाले प्रमुख सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । उहाँले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवम् परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारी सहभागी हुनुहुन्छ ।
सम्मेलनपछि परराष्ट्रमन्त्री डा। राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको टोलीले बिदाइ गरेको छ ।